ताजा समाचार


नेपालले खरिद गरेको कोरोना खोप छिटो उपलब्ध गराइदिन भारत सरकारसँग आग्रह

द रियल समाचार     २०७७ चैत्र २७, शुक्रबार, १९: ०४ मा प्रकाशित




काठमाण्डौ । नेपाल सरकारले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन भारत सरकारसँग आग्रह गरेको छ ।

शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन् । त्यस क्रममा उनले नेपालले किनेको १० लाख डोज खोप छिटो उपलब्ध गराइदिन आगह गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यस्तै दुबैजना पराराष्ट्रमन्त्रीबीच भारत र नेपालमा पछिल्लो समय बढेको कोरोना भाइरस संक्रमण नियन्त्रणको विषयमा पनि छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कोरोना महामारी नियन्त्रणका लागि सहकार्य गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top