ताजा समाचार


महाराष्ट्रका गृहमन्त्री देशमुखले दिए राजीनामा

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १८: २६ मा प्रकाशित




एजेन्सी । भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन् । भ्रष्टाचारको आरोप लागेपछि उनले सोमबार त्यहाँका मुख्यमन्त्री उद्धव ठाकरेलाई राजीनामा बुझाएका हुन् ।

देशमुखमाथि प्रहरी अधिकारीलाई मासिक एक सय करोड उठाउने लक्ष्य दिएको आरोप लागेको थियो । केहीदिन अगाडि मात्रै पूर्वप्रहरी कमिश्नर परमवीर सिंहले मुख्यमन्त्री ठाकरेलाई पत्र लेख्दै उक्त आरोप लगाएका हुन् ।

सोमबार मात्र केन्द्रीय अन्वेषण ब्युरो (सिबिआई)ले उक्त मामिलामा अनुसन्धान गर्न मुम्बई उच्च अदालतबाट स्वीकृति लिएको थियो ।
अदालतले यस विषयमा १५ दिनभित्र अनुसन्धानको प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top