ताजा समाचार


पर्साबाट भारतीय नम्बरको तीनवटा भारतीय सवारी साधन प्रहरीको नियन्त्रणमा

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १७: ४४ मा प्रकाशित




पर्सा । प्रहरीले पर्साबाट तीनवटा भारतीय सवारी साधन नियन्त्रणमा लिएको छ । भारतीय नम्बरको ट्रक, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज–१६ बाट भारतीय नम्बर बीआर ०६ जीडी ४१५६ नम्बरको ट्रक, बीआर ०५ एच १५११ नम्बरको पल्सर मोटरसाइकल र बीआर ०० ३३८९ नम्बरको पैसन प्रो मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रहरीले एउटा नम्बर नभएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । सबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको अनुमान छ ।

सवारी साधनसँग सम्बन्धित आवश्यक कागजातसहित कोही पनि प्रहरी कार्यालयमा सम्पर्क गर्न नआएकाले आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको डीएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top