ताजा समाचार


सप्तरीमा भएको आगलागीबाट ६ लाख बराबरको क्षति

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १७: ३८ मा प्रकाशित




सप्तरी । सप्तरीमा भएको आगलागीबाट ६ लाख मूल्य बराबरको क्षति भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–६ मा आइतबार राति आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

स्थानीय सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिए । कुन कारणले कसरी आगलागी भएको हो भन्नेबारे केही खुल्न नसकेको बताइएको छ ।

आगलागीबाट घरभित्र रहेका सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब ६ लाख बराबरको समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो ।

यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीय शैलेश यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top