ताजा समाचार


गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १०: ४० मा प्रकाशित




काठमाण्डौ । गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि आइतबार साँझ बाघले आक्रमण गरेको हो ।

ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र निकुञ्जमै कार्यरत माउते ३५ वर्षीय पुलिसराम थारु हात्ती चढेर गैँडा गणनामा गएका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार माउते थारु हात्तीबाट भैमा झरेका बेला बाघले आक्रमण गरेर केही परसम्म लगेको हो । उनको शव केही पर फेला परेको थियो । आक्रमणकारी बाघ करिब १० वर्षको भाले बाघ रहेको र अहिले नियन्त्रणमा लिएर ठाकुरद्वारामा राखिएको श्रेष्ठले जानकारी दिए ।

बाघको आक्रमणका कारण गैँडा गणना सोमबार गैँडा गणना नगरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top