ताजा समाचार


पानी तान्ने मेसिन चोरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १०: २९ मा प्रकाशित




काठमाण्डौ । पानी तान्ने मेसिन चोरेको भन्दै कुटपिट गर्दा भक्तपुरमा एक जनाको ज्यान भएको छ ।

मृत्यु हुनेमा काभ्रेको कुसादेवी बस्ने ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । प्रहरीका अनुसार चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा शनिबार राति घटना भएको हो ।

त्यस ठाउँमा च्याउ खेती गरिरहेको ठाउँमा पानी तान्नका लागि राखिएको मोटर गुरुङले चार्ने प्रयास गरेका थिए । स्थानीय विनोद लाखाको घरनजिकै रहेको च्याउखेतीमा पानी तान्न लगाइएको मोटर निकाल्दै गरेका गुरुङलाई देखेपछि स्थानीयले समाएर कुटपिट गरेका थिए ।

स्थानीयको कुटपिटबाट घाइते भएका गुरुङलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा आइतबार उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । गुरुङमा हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ का ५० वर्षीय टेकबहादुर केसी सोही ठाउँका ३२ वर्षीय नविन कोजू् रहेका छन् । त्यसैगरी भक्तपुर नगरपालिका–७ का ३७ वर्षीय विनोद लाखा, दोलखा घर भई हाल चाँगुनारायण–२ बस्ने ३८ वर्षीय कमल खत्री र सुनसरी घर भई हाल चाँगुनारायण–३ बस्ने ३४ वर्षीय सनिशकुमार राय रहेका छन् ।
–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top