ताजा समाचार


इन्डोनेसिया र पुर्वी तमोरमा बाढीले मचायो विध्वंस, ५० जनाको मृत्यु

द रियल समाचार     २०७७ चैत्र २३, सोमबार, १०: २२ मा प्रकाशित




एजेन्सी । इन्डोनेसियामा र पुर्वी तमोरमा बाढीले विध्वंस मच्चाएको छ । आइतबार बाढी र पहिरोमा परी ५० जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार लगातार वर्षाका कारण बाँध फुटेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन् । बाढी र पहिरोको प्रकोप इन्डोनेसियाको फ्लोर्स टापुदेखि छिमेकी मुलुक तिमोर लेस्टसम्म फैलिएको छ ।

इन्डोनेसियाको आपतकालीन उद्धार एजेन्सीका प्रवक्ता रादित्य जातीले पत्रकारसँग भनेका छन्, ‘चार उपजिल्ला र सात गाउँमा यसको असर परेको छ ।

घटनास्थलमा खटिएको हाम्रो टोलीले ४१ जनाको शव फेला पारेका छन् भने २७ जना बेपत्ता र ९ जना घाइते भएको पुष्टि गरेका छन् ।’
तर पूर्वी फ्लोर्सका उपराज्य संरक्षकले भने आफ्नो नगरपालिकामा ६० जनाको मृत्यु भएको बताएका छन् । इन्डोनेसियाको राष्ट्रिय प्राधिकरणले यो तथ्यांकको पुष्टि गरेको छैन ।

यस्तै तिमोर लेस्टको राजधानी जिलीमा ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top