ताजा समाचार


पत्रकार महासंघ धनुषाको अध्यक्ष पदका लागि ७ जनाबिच घमासान

द रियल समाचार     २०७७ चैत्र २२, आईतवार, १६: २३ मा प्रकाशित




जनकपुरधाम । पत्रकार महासंघ धनुषाको नयाँ नेतृत्वका लागि ७ जना उम्मेदवारहरुले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गराउने दिन आईतवार अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष पदमा श्रीनारायण साह, अर्जुन क्षेत्री, धर्वेन्द्र झा, नित्यानन्द मण्डल, राजन सिंह, मनिका झा र पुरन साहले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघको यहि चैत २५ गते बुधबार पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीको आधारमा निर्वाचन हुन लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top