विनोद महतो, जनकपुरधाम ।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर–८ कुसुमविछौनाबाट सालको काठसहित प्रहरीले एउटा टयाक्टर नियन्त्रणमा लिएको छ ।
६ थान सालको गोलिया काठ सहित ज.१.त २३७० नम्बरको टयाक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
गएराति करिव साढे १० बजेको समयमा मिथिला नगरपालिका वडा नम्बर–८ कुसुमविछौनाबाट गोप्य सुचनाको आधारमा टयाक्टर सहित काठ नियन्त्रणमा लिइएको ढल्केवरका प्रहरी निरिक्षक तीर्थ कुमार कार्कीले जानकारी दिए ।
सो काठ अहिले ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको र वन कार्यालयलाई बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
फोटो : फाईल
प्रतिक्रिया