ताजा समाचार


भारतमा माओवादी विद्रोहीसँगको भिडन्तमा ५ जना सुरक्षाकर्मीको मृत्यु

द रियल समाचार     २०७७ चैत्र २२, आईतवार, ११: ०३ मा प्रकाशित




एजेन्सी । भारतमा माओवादी विद्रोहीसँगको भिडन्तमा ५ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । छत्तिसगढको विजापुरमा शनिबार माओवादी र सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो ।

भारतीय प्रहरीका अनुसार यो भिडन्तमा परी धेरै सुरक्षाकर्मीहरु घाइते भएका छन् त्यसकारण मृतकको संख्या बढ्नसक्छ । बीबीसीहिन्दीसँग कुरागर्दै प्रहरीले भनेका छन्,‘सुकम र बिजापुर जिल्लाका सुरक्षाकर्मीले विद्रोहीको खोजी गरिरहेका थिए । तर्रेम र सिलगेर जंगलको इलाकामा लुकेका माओवादी विद्रोहीले एक्कासी आक्रमण गरेका हुन् ।’

गत मार्च २५ मा माओवादीले सो क्षेत्रमा दर्जभन्दा बढी सार्वजनिक गाडीमा आगो लगाएका थिए । त्यसअघि २३ मार्चमा माओवादीले ५ सुरक्षाकर्मीलाई आक्रमण गरी मारेका थिए ।

२० मार्चमा भने प्रहरीले एक माओवादी विद्रोहीलाई मारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top