ताजा समाचार


बाँकेको नरैनापुरमा भयानक आगलागी, १ सय २० घर जलेर पूर्णरुपमा नष्ट

द रियल समाचार     २०७७ चैत्र २२, आईतवार, १०: ५३ मा प्रकाशित




बाँके । बाँकेको नरैनापुरमा भयानक आगलागी भएको छ । नरैनापुर गाउँपालिका–४ को खोदवा गाउँमा शनिबार अपराह्न साढे तीन बजेतिर लागेको आगो गएराति १ बजे पूर्णरुपमा निभाइएको थियो ।

आगलागीमा परि १ सय २० घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । सो आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।आगो निभाउने क्रममा चार जना घाइते समेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार मुचुल्का उठाउन त बाँकी छ तर आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट अन्नबाली, काठ, लत्ताकपडा र नगद जलेर नष्ट भएका छन् । आगो निभाउन पाँचवटा दमकल प्रयोग गरिएको थियो । नीय फकिर खाँको गोठबाट सुरु भएको आगो बस्तीभर फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top