ताजा समाचार


म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति काँग्रेसले जनायो ऐक्यवद्धता

द रियल समाचार     २०७७ चैत्र २१, शनिबार, १४: १८ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । साथै आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघ लगायतलाई अपिल गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार अबेर सकिएको बैठकले म्यानमारमा भएको सैन्य कू र त्यसको विरोधमा भएको दमनको घोर भत्र्सना गरेको छ ।

फेब्रुअरीमा सेनाले शासनसत्ता हातमा लिएपछि म्यानमारमा आन्दोलन चलिरहेको छ । हालसम्म ५ सय भन्दा बढी नागरिकको हत्या हुनुका साथै ५ हजारभन्दा बढी पक्राउ परेका छन् ।

कांग्रेसले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसहित सबै बन्दीलाई विनाशर्त रिहा गर्न र म्यानमारमा लोकतान्त्रिक प्रणाली पुनस्र्थापित गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top