ताजा समाचार


यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

द रियल समाचार     २०७७ चैत्र २१, शनिबार, १३: ५५ मा प्रकाशित




दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । लमही घोराही सडक खण्डअन्तर्गत मुसोटमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।

तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको मुसोट नजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतकको सनाखत अझै हुन सकेको छैन । दुर्घटनामा परी दुई दर्जन बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ६ जना गम्भीर घाइते रहेका छन् ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top