काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको आरोप लगाएका छन् ।
स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले संसद पुर्नस्थापना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको दाबी गरेका छन् ।
उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने, ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौं ।’
प्रतिक्रिया