काठमाण्डौ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ ।
आगामी भदौ पहिलो साता गर्ने भनिएको काँग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका क्रियाशील सदस्यताका कारण हेरफेर हुन लागेको हो ।
क्रियाशील सदस्यता विवरण केन्द्रमा बुझाइसक्नु पर्ने अन्तिम मिति १० चैतका लागि निर्धारण गरिएको थियो । तर उक्त मितिमा त्यो सम्भव नभएपछि काँग्रेसले कार्यपालिका हेरफेर गर्न लागेको हो ।
हालसम्म काँग्रेसले ६८ जिल्लाबाट करिब ५ लाख नयाँ र पुराना सदस्यहरूको विवरण अनलाइन प्रणालीमा इन्ट्री गरेको छ । अझै ९ै जिल्लाबाट सदस्यता विवरण आउन बाँकी रहेको बताइएको छ ।
बैठकमा अन्य पार्टीबाट आएका नेता कार्यकर्ताको समायोजन पनि एजेन्डा बनेको छ । यसबारेको प्रस्ताव उपसभापति विमलेन्द्र निधिले बैठकमा पेस गर्ने कार्यतालिका छ । बैठकमा नयाँ सरकार निर्माणबारे पनि छलफल हुने योजना छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न काँग्रेस तयार हुनुपर्ने अडानसहित वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कुरा उठाउने तयारी गरेका छन् ।
काँग्रेसबाहेक अन्य दलको नेतृत्वमा सरकार बनाउन काँग्रेस तयार हुनुपर्ने गरी बैठकमा कुरा उठाउने योजना पौडेल समूहको छ ।
प्रतिक्रिया