ताजा समाचार


राष्ट्रपति भण्डारीले गरिन् मेलम्चीको पानी वितरणको उद्घाटन

द रियल समाचार     २०७७ चैत्र २०, शुक्रबार, १५: २२ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी छन् ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् । त्यस क्रममा उनले पानीको फोहोरोको पनि उद्घाटन गरेकी छन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाण्डौमा वितरण सुरु गरिएको छ । हाल काठमाण्डौ उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए ।

मेलम्चीको पानी काठमाण्डौ उपत्यकाको चक्रपथभित्र वितरण हुने उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top