ताजा समाचार


लामो अन्तराल पश्चात सप्तरीका एक युवकमा कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, १९: ३९ मा प्रकाशित




सप्तरी । विगत लामो समयपश्चात सप्तरीमा पुनः एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको राजविराज नगरपालिका–२ का २१ वर्षीय एक युवकमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।योसँगै सप्तरीमा कोरोनाको संत्रास फेरि सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले बताए ।

जविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुईजनाको स्वाब परीक्षण गरिएकोमा सो युवकमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।सो युवक अहिले होम आइसोलेसनमा रहेको बताइएको छ ।

संक्रमित युवक पोखरामा अध्ययनरत छन् । उनी केहीदिन अगाडि मात्र पोखराबाट होली मनाउन घर आएका थिए । उनलाई पोखरामै कोरोना संक्रमण भएको हुनसक्ने परिवारजनको आशंका छ ।

कोरोनाको दोस्रो लहरमा कोरोना संक्रमित हुने उनी जिल्लाका पहिलो संक्रमित व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top