ताजा समाचार


धनुषामा आँपको बगैँचामा एक पुरुषको शव फेला

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, १९: २९ मा प्रकाशित




जनकपुरधाम । धनुषामा मानसिक सन्तुलन गुमाएका एक पुरुषको शव आँपको बगैँचामा फेला परेको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडियास्थित आँपको बगैँचामा परिचय खुल्न नसकेको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका एक प्रहरी अधिकारीका अनुसार उनको हत्या गरिएको हो वा आफै मृत्यु भएको हो भन्नेबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न मिल्ने बताए ।

मृतकको शव पोष्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top