ताजा समाचार


पत्रकार महासंघ निर्वाचन : प्रदेश २ मा २१ पदका लागि ५३ जनाको उम्मेदवारी

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, १९: १९ मा प्रकाशित




जनकपुरधाम । चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको प्रदेश २ को चुनावमा ५३ जना उम्मेदवारहरु विभिन्न पदका लागि मनोनयन दर्ता गराएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको नामावलीअनुसार २१ पदका लागि ५३ जनाले मनोनयन पत्र दर्ता गराएका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरैजना पत्रकारले उम्मेदवारी दिएका छन् ।

प्रदेश २ को अध्यक्ष पदका लागि जीतेन्द्र प्रसाद सिंह, नवल किशोर यादव र राजेश कुमार कर्ण गरी ३ जना रहेका छन् । त्यस्तै, उपाध्यक्षमा बृज लाल पासवान, राजु विश्वकर्मा र रामानन्द प्रसाद गुप्ता गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, माला कुमारी कर्ण र रेणु कुमारी चौधरी गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् । महासचिवमा अशोक कुमार तिवारी, धु्रब साह र श्याम प्रसाद बञ्जारा गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने सचिवमा अजीत कुमार सिंह (खुल्ला), आलोक पाण्डे (खुल्ला), उपेन्द्र प्रसाद यादव (समावेशी), कमल कुमार उपाध्याय (खुल्ला), जीतलाल श्रेष्ठ (समावेशी) र भोला पासवान (समावेशी) मा आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोज कुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्र कुमार महतो गरी ४ जनाले मनोनयन दर्ता गराएका छन् । ५ जना खुल्ला सदस्यका लागि अजय कुमार साह, अनिल कुमार तिवारी, दिपक प्रसाद गौतम, नविन सिंह, बैधनाथ चौधरी, मनोज तिमीलसीना, महेश्वर अधिकारी, रमेश सिंह, ललन कुमार साह, शैलेन्द्र झा, संतोष कुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

३ जना महिला सदस्यका लागि प्रतिभा झा, लक्ष्मी खरेल, सुधा देब, सपना ढकाल, सरिता चौधरी र बरुणा यादव गरी ६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने २ जना मधेशी सदस्यका लागि धनवीर महतो, नवीन मिश्र र संजय कुमार राउत गरी ३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै, २ जना आदिवासी जनजाती सदस्यका लागि उदय कुमार दास थारु, रोयाण्टर मण्डल र शंकर श्रेष्ठ गरी ३ जनाले आ–आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । १ जना दलित सदस्यका लागि कैलास दास, वीरेन्द्र विश्वकर्मा र राम एकवाल महरा गरी ३ जनाले मनोनयन दर्ता गराएका छन् भने १ जना अल्पसंख्यक सदस्यका लागि ग्यासु मिया देवान, प्रभाष चन्द्र कर्ण र हदिस खुद्दार गरी ३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयुक्त संयोजक रामभरत साहले जानकारी दिएका छन् ।

निर्वाचन समितिले उम्मेदवार उपरको दावी विरोधका लागि बिहीबार साँझ ६ बजेदेखि शुक्रबार अपरान्ह साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले शुक्रबार दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने जनाइएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार साँझ ६ बजे गरिने निर्वाचन समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top