ताजा समाचार


पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट साढे २६ किलो गाँजा बरामद

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, १४: ५२ मा प्रकाशित




पर्सा । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट साढे २६ किलो गाँजा बरामद गरेको छ ।

पटेर्वासुगौली गाउँपालिका–२ अकवा टोल बस्ने रामेश्वर पंजियारले आफ्नो घरमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलिले उनको घरबाट गाँजासहित गाँजा च्याप्ने मेसिन एक थान, तीन थान ढक र एक थान तुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए ।

घरमा गाँजा लुकाएर राखेका पंजियार फरार रहेकोल उनको खोजी भइरहेको डिएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top