ताजा समाचार


माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, ११: ४८ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ ।

बैठकमा काठमाडौंमा रहेका स्थायी कमिटी सदस्यहरु मात्रै उपस्थित रहेका छन् । काठमाडौं बाहिर रहेका सदस्यहरु देवेन्द्र पौडेल, गिरिराजमणि पोखरेल र चक्रपाणि खनाल अनुपस्थित छन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने जनाइएको छ । स्थायी कमिटी सदस्य पम्फा भुसालले आजको बैठक अनौपचारिक रहेको जानकारी दिइन् ।

सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिएको र विरोध पनि गरेको भन्दै माओवादीको आलोचना भइरहेको छ । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि समर्थन फिर्ता लिनुपर्ने भन्दै चर्को दबाब आइरहेको छ ।

केही दिनअघि मात्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई दिएको समर्थन केही दिनमै फिर्ता हुने पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top