ताजा समाचार


चीन सरकारबाट अनुदानमा प्राप्त ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाइने

द रियल समाचार     २०७७ चैत्र १९, बिहीबार, ११: ३६ मा प्रकाशित




काठमाण्डौ । चीन सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भइरहेको बताए ।

पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने उनले बताए । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

चीन सरकारले ८ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट चैत १६ गते नेपालमा ल्याइएको थियो ।

नेपालमा अहिले ५ लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त ८ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । संघ अन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतलामा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top