ताजा समाचार


सिरहाकी जानकीदेवीलाई समानुपातिक सांसद बनाइने

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १९: २१ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘आज बसेको बैठकले यस्तो निर्णय गरेको छ । यो निर्णय संसद् सचिवालयलाई पठाइने छ ।’ गत २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि रिक्त स्थानमा दलित महिला तर्फको बन्दी सूचीको तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद बनाउन अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गरेका थिए ।

बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top