ताजा समाचार


तत्काल पद नछाड्ने अफगानिस्तानका राष्ट्रपति घानीको अडान

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १७: १९ मा प्रकाशित




एजेन्सी । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तत्काल पद नछाड्ने अडान लिएका छन् ।

उनले निर्वाचन गरेर मात्रै पद त्याग्ने घोषणा गरेका छन् । ताजिकिस्तानमा भएको नवौँ हार्ट शिखर सम्मेलनमा बोल्दै उनले निर्वाचन गराएर पद त्याग्ने घोषणा गरेका हुन् ।

अमेरिकाले युद्धविरामका लागि अफगानिस्तानको वर्तमान सरकारलाई हटाउने प्रस्ताव गरेको थियो । नयाँ संविधान बन्नुभन्दा पहिला अन्तरिम सरकार गठन गर्ने अमेरिकाको प्रस्ताव उनले अस्वीकार गरेका हुन् ।

विद्रोही तालिबानले भने अन्तरिम संविधानले अफगानिस्तानको चुनौती समाधान गर्न नसक्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top