ताजा समाचार


प्रदेश प्रमुख अहिराजद्वारा आफ्नो पहिलो महिनाको तलब अग्नी पिडितलाई सहयोग

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १७: ११ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले आफ्नो पहिलो महिनाको तलब अग्नी पिडितलाई सहयोग गरेका छन् ।

प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेपछि विभिन्न रचनात्मक काम गरेर चर्चामा रहेका डा. झाले पहिलो महिनाको तलब मध्येको आधा रकम अग्निपिडित तथा राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनलाई प्रदान गरेका हुन् ।

अहिराजले आफूले पाउने पारिश्रमिकको आधा रकम रु. ३२ हजार महाविर पुन नेतृत्वको आविष्कार केन्द्रलाई दान दिएका छन् । झाले आज आविष्कार केन्द्रमा पुगेर पहिलो दान रकम हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते भएकी सिन्धुलीकी गाङ्लेख–७ की २ वर्षीया बालिकाको उपचारका लागि नगद २० हजार सहयोग गरेका हुन् । बालिका वस्तुभाउका लागि पकाइएको कुँडोको भाँडोमा परेर जलेकी थिइन् ।

यसैगरी प्रदेश प्रमुख अहिराजले आगलागीमा परी घाइते बनेका वीरगञ्ज महानगरपालिका–६ का ३ वर्षीय बालकको उपचारका लागि १२ हजार नगद सहयोग गरेका हुन् । ती बालक घर नजिकै बच्चाहरुले फोहोर बालेको ठाउँमा परेर जलेका थिए । दुबै बालबालिकाको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

उनको यो मनकारी दानपुण्य कार्यको पूर्वसचिव भीम उपाध्यायले उच्च प्रशंसा गरेका छन् । प्रदेश प्रमुखको यो निर्णयको महाविर पुन र अन्यले पनि सामाजिक सञ्जालमा स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top