ताजा समाचार


बालाजी ग्लास प्रालिलाई पाँच सय प्रतिशत जरिवाना

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १५: ५६ मा प्रकाशित




पर्सा । सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले पाँच सय प्रतिशत जरिवाना गरेको छ ।

कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई २ करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिवाना गरिएको सो कार्यालयले जनाएको छ ।

बालाजी ग्यासलाई पहिलो चरणको जरिवाना गरिएको र उसले यसअघि कर छली गरे नगरेको बारे थप अनुसन्धान प्रक्रियामा रहेको भन्सार प्रमुख डा. लालबहादुर खत्रीले बताए ।

उनले भने, ‘कम्पनीले आयात गरेको सिसाको भन्सारमा घोषणा गरेको वस्तुको लागत र परिमाण तथा वस्तुको प्रकारमा फरक देखियो, थप अनुसन्धान हुँदैछ ।’ आयातकर्ताले कर छली गर्ने उदेश्यका साथ सिसाको मोटाइ ढाँटेकोमा दुई सय प्रतिशत र सिसाको आयात नै फरक जोनमार्फत गरेको अभियोगमा थप तीन सय प्रतिशत गरी पाँच सय प्रतिशत जरिवाना गरिएको भन्सार कार्यालयले जनाएको छ ।

आयातकर्तामाथि थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने खुलाउन नमिल्ने भन्सार खत्रीको भनाइ छ । बालाजीले पाँच एमएमको सिसा आयात गरेर भन्सारमा भने चार एमएमको घोषणा गरेको पाइएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले बताए ।
बालाजीले घोषणा गरेभन्दा ५३५ स्क्वायर मिटर बढी सिसा भन्सार गणकले फेला परेको पनि उनको भनाइ छ ।

सिसाको एमएम घटाएर भन्सार छलीगर्न खोजेको आरोपमा ९२ लाख ९६ हजार र घोषणा गरिएको भन्दा बढी परिमाणमा सामान भित्र्याएको कसुरमा भन्सार ऐन अन्तर्गत १ करोड ४६ लाख २४ हजार रुपैयाँ जरिवाना गरिएको कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top