ताजा समाचार


बारामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १५: ५० मा प्रकाशित




बारा । बारामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कोल्हवी नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा सोही नगरपालिका– ६ अधनवा बस्ने १८ वर्षीय विकाश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार साँझ ७ बजे कोल्हवी नगरपालिका वडा नम्बर–१ निकासमा ना ५४ प ६८५१ र विपरीत दिशाबाट आएको ज ७ प ६०३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा ना ५४ प ६८५१ नम्बरको मोटरसाइकलका चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकलको पछाडि बसेका ४५ वर्षीय रामचन्द्र चौधरी घाइते भएको र उनको पारस अस्पताल कोल्हबीमा उपचार भइरहेको मिश्रले बताए ।

दुर्घटनामा ज्यान गुमाएका विकाशको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको तथा अर्का मोटरसाइकल चालक शम्भु चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top