ताजा समाचार


नेपाल समूहसम्बद्ध युवाले छुट्टै केन्द्रीय कार्यालय खोल्यो

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १५: ३७ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल समूहसम्बद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ ।

बुद्धनगरमा खोलिएको कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेमा तिब्र मतभेद देखिएको छ ।त्यसैको परिणाम युवा संघको समानान्तर कार्यालय खोलिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top