जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन आयोगले सबै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्न सक्ने संवैधानिक व्यवस्था अनुसार यस प्रदेशमा पनि प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन आयोग संवैधानिक निकाय रहेकोले सातवटै प्रदेशको राजधानीमा प्रदेश स्तरको प्रादेशिक निर्वाचन कार्यालय स्थापना गरिएको निमित प्रदेश निर्वाचन अधिकारी पुष्पा झाले बताईन् ।
यसले जिल्लाको काम गर्नुका साथै प्रदेशको आठवटै जिल्लामा रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयसँग समन्वय पनि गर्ने उनले बताईन् ।
प्रदेश निर्वाचन कार्यालयहरुमा उपसचिव स्तरको कर्मचारीको दरबन्दी कायम गरिएको छ ।
प्रतिक्रिया