ताजा समाचार


मुस्लिम समाज सुधार नेपालद्वारा पीडितलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १४: ४३ मा प्रकाशित




जनकपुरधाम । कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट समग्र विश्व प्रभावित भईरहेको अवस्थामा गरीव तथा अति विपन्न परिवारलाई भने दुई छाक टार्न समेत समस्या भईरहेको छ ।

विपन्न परिवारहरुमा कोरोना भन्दा पनि खानाको त्रास बढ्दो छ । यस्तै समस्यामा परेकाहरु मध्ये एक हुन् धनुषाको क्षीरेश्वर नगरपालिका वडा नम्बर–४ मा बस्ने जबारुल राईनकी पत्नी वोहिदा खातून ।

वोहिदाको परिवारको अवस्था एकदम दयनीय रहेको छ । उनको घरमा अहिले दुई छोरी र उनी आफैं छिन् । उनको परिवारलाई छाक टार्न पनि धौ–धौ परिरहेको छ । उनको यस समस्यालाई हेर्दै मुस्लिम समाज सुधार नेपालले उनलाई आर्थिक सहयोग गरेको छ ।

मुस्लिम समाज सुधार नेपालको टीम वोहीदा खातूनको घर पुगेर उनलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको मुस्लिम समाज सुधार नेपाल–कतारका अध्यक्ष इसराफिल राईनले जानकारी दिए । मुस्लिम समाज सुधार नेपाल र कतारका सदस्य तथा सञ्चालकहरुको सहयोगबाट उनलाई आर्थिक सहयोग गरिएको राईनले बताए ।

कोरोना संक्रमणको त्रासका कारण छिमेकी राष्ट्र भारतको केही राज्यमा अहिले पनि लकडाउन जारी नै रहेको छ भने सतर्कताका लागी नेपालमा पनी सूचना जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top