ताजा समाचार


कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ 

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १२: ४५ मा प्रकाशित




एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ ।

संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको बताए ।

अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको उनले आरोप लगाएका छन् । भाइरसको सम्बन्धमा रहेका सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top