ताजा समाचार


पत्रकार महासंघ : ३८ पदका लागि १६५ जनाबिच प्रतिस्पर्धा

द रियल समाचार     २०७७ चैत्र १८, बुधबार, १०: ४५ मा प्रकाशित




काठमाण्डौ । चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना उम्मेदवारहरु विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् ।

निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरैजना पत्रकारले उम्मेदवारी दिएका छन् ।

दुईवटा गठबन्धन भएपनि अध्यक्ष पदका लागि गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेल गरी ४ जना रहेका छन् । दीपक पाठकले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, रमेश विष्ट र रामजी दाहाल उम्मेदवार छन् । ध्रुव लम्सालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकार,समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह रहेका छन् ।

महासचिवमा बालकृष्ण बस्नेत, रोशन पुरी र सुबोध गौतम प्रतिस्पर्धामा छन् । राजेश मिश्रले भने फिर्ता लिएका छन् । खुला सचिवमा ६ जना, महिला सचिवमा २ जना, आदिवासी जनाजाति सचिवमा ३ जना, सचिव (मधेसी) मा ४ जना, दलित सचिवमा ५ जना, एसोसिएट सचिव र कोषाध्यक्षमा ६/६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

त्यस्तै, प्रदेश १ सदस्यमा ६ जना, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र प्रतिष्ठान प्रदेशको सदस्यमा ७/७ जना, लुम्बिनी प्रदेश सदस्यमा १० जना र सुदूरपश्चिम सदस्यमा ५ जना उम्मेदवार छन् ।

उपत्यका प्रदेश सदस्यमा ८ जना, संस्थागत प्रदेश (एशोसिएट) मा ५ जना, खुला सदस्यमा २७ जना, महिला सदस्य (मधेसी) मा ३ जना, आदिवासी जनाजाति महिला सदस्यमा २ जना, खस-आर्य महिला सदस्यमा ६ जना, दलित महिला सदस्यमा ३ जना, २ जना आदिवासी जनजाति सदस्य (एक महिला अनिवार्य)का लागि ६ जना, दुईजना दलित सदस्य (एक महिला अनिवार्य)का लागि ९ जना, दुईजना मधेशी सदस्य (एक महिला अनिवार्य)का लागि ७ जना, अपाङ्गता सदस्यका लागि ४ जना, अल्पसंख्यक सदस्यका लागि २ जना प्रतिस्पर्धामा छन् ।

लेखा समिति संयोजक, खुला सदस्य र महिला सदस्यका लागि ३/३ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top