ताजा समाचार


युवा संघ नेपालले धनगढीमा जलायो प्रधानमन्त्री ओलीको पुत्ला

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १९: १९ मा प्रकाशित




कैलाली । नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भीम रावललाई कारबाही गरेको विरोधमा संघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावलमाथि कारबाही गरेको विरोधमा पुत्ला जलाएको बताए ।

उनले भने, ‘जनमतको भावनाविपरीत अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय नेपाल र रावलमाथि कारबाही गरेका छन् । यसमा युवासंघ सुदूरपश्चिम प्रदेशको घोर आपत्ति छ ।’ पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओली मुर्दावाद, भीम रावल जिन्दावादलगायतका नारासमेत लगाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top