ताजा समाचार


साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १९: ११ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए । सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने प्रतिबद्धता जनाए ।

उनले भने,‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम रेलमार्ग पनि छिटै शिलान्यास गर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top