ताजा समाचार


होलीमा प्रदेश २ मा कुटपिटदेखि चक्कु प्रहारसम्मका घटनाहरु घटे, ५४७ सवारीसाधन नियन्त्रणमा

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १८: ३६ मा प्रकाशित




जनकपुरधाम । होलीमा प्रदेश नम्बर २ मा कुटपिटदेखि चक्कु प्रहारसम्मका घटनाहरु घटेका छन् ।

धनुषाको मिथिला नगरपालिका– १ मा चक्कु प्रहार भएको छ भने महोत्तरीको मटिहानी नगरपालिका– १ मा कुटपिट भएको छ । मटिहानीमा दुई समूहबीच भएको कुटपिटमा १४ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीका अनुसार धनुषाको मिथिला नगरपालिकामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । चक्कु प्रहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ६५ जनालाई कारबाही गरिएको र ५ सय ४७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top