ताजा समाचार


इटहरीमा सुतेकै अवस्थामा एक जनाको हत्या

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १३: ०१ मा प्रकाशित




इटहरी । सुनसरीको इटहरीमा सुतेकै अवस्थामा एक जनाको हत्या गरिएको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर-२ का केशव कार्कीको सोमबार राति हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको हो ।

हत्याको आरोपमा उनका छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिसइबीका कारण रेग्मीले छिमेकीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top