ताजा समाचार


रौतहटमा दुई पक्षबीच झडप हुँदा एक दर्जन युवा घाइते

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १२: २८ मा प्रकाशित




रौतहट । रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप हुँदा एक दर्जन युवा घाइते भएका छन् ।

अत्यधिक मदिरा सेवन गरेपछि फतुवा विजयपुर वडा नम्बर-९ बडहर्वाका नगिना यादव र सुदामा यादव पक्ष बीच सोमबार राति झडप भएको प्रहरीले जनाएको छ ।

झडपमा नगिना यादव ,सुदामा यादव सहित १ दर्जन युवा घाइते भएका छन् । घाइते मध्ये ३ जनाको एलएस न्युरो अस्पताल वीरगञ्जमा र अन्यको बाराको कोल्हवीस्थित अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए । खानपिनका क्रममा भनाभन हुँदा झडपको स्थिति सिर्जना भएको उनले बताए ।

त्यस्तै, होलीपर्वमा सोमबार मदिरा सेवन गरी सवारी साधन चलाएपछि जिल्लाको विभिन्न स्थानमा १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top