ताजा समाचार


सर्वोच्च पुगे प्रचण्ड

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १२: ०२ मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्च अदालतको फैसलामाथि पुनरावलोकन निवेदन दर्ता गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पुनरावलोकनका लागि सर्वाेच्च अदालतमा निवेदन दिएका हुन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार पुनरावलोकन निवेदनका लागि प्रचण्ड सर्वाेच्च अदालत पुगेका छन् । उनीसँगै माओवादी केन्द्रका अन्य नेता तथा अभिवक्ताहरू सर्वाेच्च पुगेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तत्कालीन नेकपाका एक अध्यक्ष रहेका प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतालाई अवैधानिक भन्दै गत फागुन २३ गते सर्वाेच्च अदालतले गरेको फैसला सच्याउन माग गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top