ताजा समाचार


कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षको निधन

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, ११: ०८ मा प्रकाशित




कैलाली । कैलालीस्थित एक स्थानीय तहको प्रमुखको निधन भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको ७७ वर्षको उमेरमा निधन भएको हो ।

रावलको उपचारका क्रममा काठमाण्डौस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको बताइएको छ ।

लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई ४ दिन अघि मस्तिष्कघात समेत भएको थियो । उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top