ताजा समाचार


स्कुटरलाई ठक्कर दिएर ३ जनाको ज्यान लिने बसका चालकमाथि ज्यान मुद्दा

द रियल समाचार     २०७७ चैत्र १७, मंगलवार, १०: २६ मा प्रकाशित




चितवन । चितवनमा स्कुटरलाई ठक्कर दिएर ३ जनाको ज्यान लिने बसका चालकमाथि ज्यान मुद्दा लगाइएको छ ।

पश्चिम चितवनको पकौडी बजारमा शनिबार दुर्घटना भएको थियो । शनिबार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बसले अर्काे दिशाबाट आउँदै गरेको ना ४० प ७९८२ नम्बरको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट स्कुटरमा सवाल ३ जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिशा अधिकारी र मोहनको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी हुन् ।

बसका चालक माडी नगरपालिका–९ का ३४ वर्षीय रमेश दुरा विरुद्ध सोमबार ज्यान मुद्दा दर्ता भएको छ ।

मृतक तीनै जनाको शव भरतपुर अस्पतालमा परीक्षण गरी अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top