ताजा समाचार


होली खेल्ने क्रममा एसिड छ्याप्दा ३ जना घाइते

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, ११: ४२ मा प्रकाशित




काठमाण्डौ । होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा ३ जना घाइते भएका छन् ।

शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ तथा ९ वर्षीय बालक घाइते भएका हुन् ।

किशोरीको अनुहार र दुबै बालकको हातमा एसिड परेको बताइएको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकास तामाङलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार डेरीमा दुधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिनमा राखिएको थियो । होली खेल्दै डेरीमा पुगेका युवाहरुले पानी माग्दा ग्यालिनमा भएको एसिड परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top