काठमाण्डौ । विखण्डनवादी विचार परित्याग गर्दै मूलधारको राजनीतिमा आएका सिके राउतको नाममा अदालतले ३५ दिनको म्याद राखेर सूचना जारी गरेको छ । राउतका नाममा राज्यविरुद्धको कसुरको मुद्दामा सूचना जारी भएको हो ।
नवलपरासी जिल्ला अदालतबाट सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ ।
सूचनामा रौतहट महादेव गाउँपालिका वडा नम्बर-२ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।
बाटोका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिएर अदालतमा हाजिर हुन आउनसमेत सूचनामा भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख छ ।
सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएको थियो । राउत अहिले जनमत पार्टीका प्रमुख छन् ।
प्रतिक्रिया