ताजा समाचार


चीनले दिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याइयो

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, १०: ४७ मा प्रकाशित




काठमाण्डौ । चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना भाइरस विरुद्धको खोप आज काठमाडौं आइपुगेको छ ।

आज बिहान साढे ८ बजे नेपाल एअरलाइन्सको वाइडबडी जहाजमार्फत खोप नेपाल ल्याइएकाे हाे ।

कोरोना खोपसहितको स्वास्थ्य सामग्री लिएर वाइडबडी जहाज बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे छ । चीनले स्वास्थ्य सामग्री सहायता अन्तर्गत दिएको कोरोना भ्याक्सिन ‘भेरासेल’ आज आएकाे हो ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएको थियो । सोही भ्याक्सिन र अन्य स्वास्थ्य सहायता सामग्री पनि आज आएको हो ।

चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले सहायता दिन लागेको भ्याक्सिन सहितको स्वास्थ्य सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । निगमको जहाजले यसअघि पनि नेपालमा कोभिड महामारी उच्च भएका बेला पनि बेइजिङ तथा ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top