ताजा समाचार


तराई मधेशका जिल्लामा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, १०: ३३ मा प्रकाशित




जनकपुरधाम । तराई मधेसका जिल्लाहरूमा रंग अबीरको पर्व फागु पूर्णिमा अर्थात होली पर्व आज हर्षोल्लासका साथ मनाइँदैछ ।

हरेक वर्ष पूर्णिमाको भोलिपल्ट तराई मधेसका जिल्लामा होली हर्षोल्लासपूर्वक मनाइन्छ ।

पहाडी जिल्लामा यसअघि आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइएको छ भने आज तराई मधेसका जिल्लाहरूमा होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले आज एक दिनका लागि तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिएको छ ।

भौगोलिक संरचना र मान्यताअनुरुप फागु पूर्णिमा मनाउने नेपाली चलन रहेको छ । स्थानअनुसार मनाइने फागु पूर्णिमाको नाम पनि फरक फरक छ ।

हिमाली तथा पहाडी भेकमा ‘फागु’ भनिन्छ भने तराई मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top