ताजा समाचार


धनुषामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु, १० वटा घरमा क्षति पुर्यायो

द रियल समाचार     २०७७ चैत्र १६, सोमबार, १०: १५ मा प्रकाशित




जनकपुरधाम । धनुषामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका-७ खप्तरी टोल बस्ने ८० बर्षिय पदमबहादुर खप्तरी मगर रहेको प्रहरीले जनाएको छ।

आइतबार राति ११ बजे घरमा सुतिरहेको समयमा मगरलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

मृतक मगरको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले स्थानीयको १० वटा घरमा क्षति पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top