ताजा समाचार


झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ

द रियल समाचार     २०७७ चैत्र १५, आईतवार, १९: १० मा प्रकाशित




जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकाबाट बेपत्ता पारी हत्या गरिएका झा दम्पती अपहरण तथा हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ परेका छन् । प्रहरीले तारादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई शुक्रबार पक्राउ गरेको हो ।

आरोपित कैलाश झाको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइराखेको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्रीहरु समेत बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए । हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरी उपरीक्षक आचार्यको दावी छ ।

हालसम्म भेटिएका प्रमाणका आधारमा उनीहरू झा दम्पतीको हत्यामा संलग्न देखिएको दाबी प्रहरीको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साता अघि उनका छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादव, भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।

फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारिएका सहोडबाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झाको शव एक महिना पछि माटोमुनी गाडेको अवस्थामा पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अतरार जाने बाटोमा माटोमा बोरामा बेरिएको अवस्थामा फेला परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top