ताजा समाचार


मुख्यमन्त्री राईको पद संकटमा नपर्ने निश्चित भएपछि प्रदेशसभा बैठक बोलाइयो

द रियल समाचार     २०७७ चैत्र १५, आईतवार, १५: ०६ मा प्रकाशित




विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पद संकटमा नपर्ने निश्चित भएपछि प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभा सचिवालयले चैत्र २३ गते का लागि प्रदेशसभा बैठक बोलाएको हो ।

चैत्र १ गते सूचना प्रकाशित गरी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बैठक डाकिएको हो । प्रदेशसभा सचिवालयले आइतबार सूचना निकाली २३ गते दिउँसो २ बजेका लागि बैठक बोलाएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यो पास हुने डरले बैठक रोकिँदै आएको थियो । तत्कालीन नेकपा भित्रको प्रचण्ड–माधव समूहका प्रदेश सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए ।

प्रदेशको संसदीय दलमा समेत अल्पमतमा परेका राईलाई अविश्वासको प्रस्ताव पास हुने चिन्ता थियो । फागुन २३ को सर्वाेच्च अदालतको निर्णयले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताएपछि राईलाई सहज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top