ताजा समाचार


सतर्कता अपनाएर होली मनाउन मुख्यमन्त्री राउतको आग्रह

द रियल समाचार     २०७७ चैत्र १४, शनिबार, १४: ३७ मा प्रकाशित




जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाएर मात्रै होली मनाउन आग्रह गरेका छन् ।

कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेकाले त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन राउतले भनेका हुन् ।

राउतले शनिबार प्रेस विज्ञप्ति जारी गरी  सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ बा सबै जनसमुदायलाई शुभकामना दिँदै होलीमा सतर्कता अपनाउन अपिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top