ताजा समाचार


जनकपुरबाट लागुऔषध गाँजासहित दुईजना पक्राउ

द रियल समाचार     २०७७ चैत्र १४, शनिबार, ११: ३२ मा प्रकाशित




जनकपुरधाम । जनकपुरबाट लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२४ बसहियास्थित सिक्स लाईन बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

मोटरसाईकलमा आएका दुईजना पुरूषले लागुऔषध गाँजा बेचविखन गरिरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम-४ स्थित डेरा गरि बस्ने ५२ वर्षीय जिवन साह र जनकपुरधाम-१५ बस्ने ३९ वर्षीय रविन्द्र कुमार साहलाई पक्राउ गरेको थियो ।

जिवन सवार रहेको ना. २८ प. ५७३९ र रविन्द्र सवार रहेको ज. ११ प. ८७६९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा ना. २८ प. ५७३९ नम्बरको मोटरसाईकलको दाहिने साईडको लेगगार्डमा झुण्डयाएको जेब्रा झोला भित्र सेतो प्लाष्टिकमा पोका पारि बेरिएको अवस्थामा लुकाई राखेको प्रतिवन्धित लागुऔषध गाँजा ५ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

प्रहरीले सो लागुऔषध गाँजा सम्बन्धमा उनीहरूसँग सोधपुछ गर्दा जिवन साहले रविन्द्र कुमार साहसँग बिक्री गर्नका लागि ल्याएको डिएसपी मिश्रले बताए ।

उनीहरु दुबैजनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा अदालतबाट ७ दिन म्याद थप गराई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय धनुषा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top