ताजा समाचार


भारतविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा इंग्ल्याण्डको कमब्याक

द रियल समाचार     २०७७ चैत्र १४, शनिबार, ११: ०४ मा प्रकाशित




एजेन्सी । भारतविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा इंग्ल्याण्डले कमब्याक गरेको छ ।

इंग्ल्यान्डले घरेलु टिम भारतविरुद्धको दोस्रो एकदिवसीयमा शानदार जित निकालेको छ । पुनेमा शुक्रबार भएको खेलमा इंग्ल्यान्डले ६ विकेटको जित निकालेको हो ।

इंग्ल्यान्डले भारतबाट पाएको ३ सय ३७ रनको विशाल लक्ष्य ४३ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोनी बेयर्स्टोले १ सय १२ बलमा १ सय २४ रनको शतकीय पारी खेले । बिस्फोटक ब्याटिङ गरेका बेन स्टोक्सले ५२ बलमा ९९ रन बनाउँदा जासन रोयले ५५ रनको अर्धशतकीय पारी खेले ।

इंग्ल्यान्डका लियाम लिभिङस्टोनले अविजित २७ रन बनाउँदा डेविड मालनले अविजित १६ रन बनाए । भारतका लागि प्रसिद्ध कृष्णले २ विकेट लिए । भुवनेश्वर कुमारले १ विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३६ रन बनायो ।

भारतका लागि केएल राहुलले सर्वाधिक १०८ रन बनाए । ऋषभ पन्तले ७७ रन बनाउँदा कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय पारी खेले ।

भारतका लागि हार्दिक पाण्डेयले ३५ रन जोड्दा रोहित शर्मा २५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहे । इंग्ल्यान्डका टम करण र रिची टोप्लेले २/२ विकेट लिए । आदील राशिद र साम करणले १/१ विकेट लिए ।

दोस्रो खेलमा जितसँगै इंग्ल्यान्डले भारतविरुद्धको ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top